०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीको दुई स्थानीय तहमा जनमत पार्टीका संगठन विस्तार

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समाचारदाता
सप्तरी, २१ पुस।जनमत पार्टीका संगठन विस्तारका क्रममा सप्तरीमा फेरी दुई स्थानिय तहमा तदर्थ समिति सोमवार गठन गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा गोविन्द मण्डल (बौउवइन) को नेतृत्वमा गठन गरिएको छ भने, तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो ।

तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्षमा केशव कुमार साह, सचिवमा प्रदिप मुखिया, सह-सचिवमा दिनेश मण्डल, कोषाध्यक्षमा सुर्यदेव मण्डललगायत २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

यसै गरी कोचाबखारीमा हुकुम देव साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्षमा मन्सी सदा, सचिवमा हुकुम देव साह, सह -सचिवमा कपिल देव राम, कोषाध्यक्ष्मा रमानन्द मण्डललगायत ३१ सदस्यीय तदर्थ समिति गठन गरेका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल (किसान), मनोज यादव, संजय यादवसमेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]