०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज ,२२ पुस ।सप्तरी प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न ठाउँबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खड्क नगरपालिका ४ बस्ने ५८ बर्षीय ईसराइल मियाँ, कुटपिट मुद्दाका बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ बर्षीय जयराम साह, लुटपिट मुद्दामा बोदेबर्साईन नपा ९ बस्ने ४७ बर्षीय चन्देश्वर साह तेली, यही ठाउँका ५७ बर्षीय झौली मण्डललाई कुटपिट मुद्दामा पक्राउ गरिएको छ ।

बोदेबर्साईन नगरपालिका २ बस्ने ४७ बर्षीय महेन्द्र साहलाई कुटपिट मुद्दामा फरार भएपछि पक्राउ गरिएको छ भने सोही मुद्दामा सोही ठाउँका ३८ बर्षीय रामसुन्दर यादवलाई पनि नियन्त्रणमा लिइएको छ ।

ज्यान मार्ने उद्योगमा बोदेबर्साईन नगरपालिका १० बस्ने ५९ बर्षीय खगेन्द्र यादव, कुटपिट मुद्दाका सुरुङ्गा नगरपालिका ९ बस्ने ४० बर्षीय नरसिहं चौधरी, सोही मृुद्दामा खड्क नगरपालिका ९ बस्ने फागु मण्डल, जारी मुद्दामा यही नगरपालिका ६ की संगीता कुमारी चौधरी, यही मुद्दामा यही ठाउँका बद्री चौधरीलाई पक्राउ गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।

इस्तै, लुटपाट मुद्दामा खड्क नगरपालिका ६ का नजबुद मियाँ, ठगी मुद्दामा सोही ठाउँका राजकुमार साहलाई पक्राउ गरिएको छ भने कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्त राजगढ गाउँपालिका २ बस्ने बलवीर कुमार यादवलाई पनि पक्राउ गरिएको भारतीले बताए ।

अदालतमा मुद्दा फैसला भएपनि जरिवाना नतिरेका व्यक्तिका सदस्यलाई पनि पक्राउ गरिएको छ ।

लुटपिट मुद्दामा जरिवाना तोकिएका खड्क नपा ९ बस्ने महिनारायण चौधरीको हकमा भाई दिपनारायण चौधरी, लेनदेन मुद्दामा सोही ठाउँका मिश्रीलाल चौधरीको हकमा छोरा अरुण कुमार चौधरी र जालसाँझी मुद्दामा सोही ठाउँका सुखैर चौधरीको हकमा उनकी पत्नी सुकमारदेवी चौधरीलाई पक्राउ भारतीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]