०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

बिरगंज उद्योग बाणिज्य सघको ४४ औं बार्षिक साधारणसभा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

अजित भुजेल
बिरगंज ,२५ पुस।बिरगंज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारणसभा बिरगंजको होटल भिस्वामा शुक्रबार सम्पन्न भएको छ।

बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा तथा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य भएको सो साधारणसभामा बिशिस्ट अतिथिमा उद्योग बाणिज्य महासघका उपाध्यक्ष किशोर प्रधान , पर्सा क्षेत्र न.१ का सान्सद माननीय प्रदीप यादव ,प्रदेश सभा सदस्य तथा बिरगंज उद्योग बाणिज्य सघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा , बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीको उपस्थित रहेको थियो।

त्यसैगरी बिरगंज उद्योग बाणिज्य सघका पुर्व अध्यक्ष अशोक टेवानी , गणेश लाठ , अशोक कुमार बैध , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर , बिरगंज महानगरपालिकाका उपमेयर सुश्री शान्ति कार्की , पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत , सुरक्षा निकायका प्रमुखहरु , व्यवसायीहरु , व्यापारीहरु , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन बिरगंज उद्योग बाणिज्य सघका महासचिव माधवराज पालले गर्नु भएको थियो । बिरगंज उद्योग बाणिज्य सघले विभिन्न कार्यमा योगदान पुर्याउनु हुनेहरुलाई सम्मान गरिएको थियो ।सन्चारक्षेत्रमा योगदान दिनु हुने कारोबार दैनिकका निरज पिठाकोटे मगर , वातावरण सम्बन्धमा काम गर्ने जसपाल सिंह , उद्योगमा निर्यात तर्फ डाबर नेपाल प्रा.लि,अन्नपुर्ण भेजिटेबल प्रा.लि. र शिवशक्ति घ्यु उद्योग ,आयत तर्फबाट त्रिवेणि स्पिनिङ्ग प्रा.लि.शिवशक्ति दाल उद्योग र नारायणी लेदर मेनिफेक्चेरिङ्गलाई कदरपत्रले सम्मान गरिएको थियो ।

त्यसै गरि पर्सा जिल्लाबाट खेलकुदमा तेक्वान्दो तर्फबाट देबि खड्का , पुनम श्रेष्ठ , जुडोबाट बिकास थापा, कुस्तीमा सरोज यादव , नरेश यादव , रामराज यादव र सुनिल साह , साफमा तेक्वान्दो तर्फबाट निश्चलमान श्रेष्ठ , क्रिकेटमा आरिफ शेख , रसिफ खान लाई पनि कदरपत्रले सम्मानित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]