०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नि:शुल्क आखा शिबिर तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

अजित भुजेल
बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ ।

शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा आखाको अपरेसन गर्ने नारायणी आखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. पदमराज बिस्टले जानकारी गराउनु भएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ , मिनाबजार सामुदायिक सेवा केन्द्र र समावेशी मुस्लिम सामाज बिरगंज -२ को सन्युक्त आयोजनामा र नेपाल इन्डो अस्पताल बिरगंज -१६, नारायणी आखा अस्पताल -२ , राईजिङ्ग बिरगंज नेपाल-२, अल मन्सुर फाउन्डेसन काठमाडौं , घुसुकपुर युवा क्लब -२ को सहयोग तथा स्वास्थ्य चौकि जगरनाथपुरको समन्वयमा भएको निसुल्क आखा शिबिर तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको सभापतित्वमा र प्रदेश सभा सदस्य शन्कर प्रसाद चौधरीको प्रमुख आतिथ्य भएको थियो ।कार्यक्रममा नेपाल ईन्डो आखा अस्पतालका डा. प्रमानन्द साह , ब्रेन , नशा तथा स्पाईन रोग विशेषज्ञ डा. चन्द किशोर , डा. अनिशा महतो , डा तेजनाथ तिवारि, राईजिङ्ग नेपाल बिरगंजका अध्यक्ष आरजु हुसेन , नेपाल पत्रकार महासघ प्रदेश न.२ का सदस्य जगत राई , फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार भुजेल , ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द कुमार सिंह , जगरनाथ गाउपालिका वडा न.२ का वडा अध्यक्ष प्रभु कुमार कुर्मी , पुर्व अध्यक्ष कृष्ण मोहन प्रसाद यादव , झक्कट मिया मन्सुरी , वडा सदस्य बिरेन्द्र साह कानु , स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र प्रसाद साह , सामुदायिक सेवा केन्द्र छपकैया -२ का सस्थापक सदस्य सरोज खड्का , बरिस्ठ उपाध्यक्ष मो. अब्दुल हक , काेषाध्यक्ष प्रेम कुमारी खत्री , सचिब प्रबिण बिक्रम शाह , महिला सदस्य मोमिला खातुन , छपकैया -२ बिटका प्रहरी हवल्दार देवेन्द्र पटेल , राजकुमार तामाङ , समावेशी मुस्लिम समाज बिरगंज -२ का उपाध्यक्ष मकबुल देवान , घुसुकपुर युवा क्लब -२ का उपाध्यक्ष शेख सदाम , मिनाबजार सामुदायिक सेवा केन्द्रका सचिब ग्यासुमिया देवान लगायत स्थानियहरुको सहभागिता रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]