०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

दोषी पत्रकारहरुलाई कारवाही गर्न महिलाहरुको पाच दिनको अल्टीमेटम

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२७ पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुले महिला माथि कुटपिट गर्नेहरुमाथि कानुनी कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र वुझाएको छ ।

 

उपमहानगरपालिकामा कार्यरत महिला संघर्ष समितिले आइतवार प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापनपत्र वुझाउदै पाचदिन भित्र कानुनी कारवाहीको अल्टीमेटम दिएको छ । दिइएको समयसिमा भित्र माग पुरा नगरिए कालोपर्टी बांधेर नगर प्रर्दशन गर्ने चेतावनी समेत दिएको छ । त्यसपछि पनि माग पुरा नगरिए कडा आन्दोलनमा ओर्लने महिला संघर्ष समितिले चेतावनी दिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

महिला संघर्ष समितिका अध्यक्ष उर्मिला देवी मण्डलद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा उपमहानगरपालिकालाई नमुना शहर वनाउनबाट रोक्न कान्तीपुर टिभीका पत्रकार अमरकान्त ठाकुर,विकास साह,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतले गरेको क्रियाकलाप प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

साथै जनकपुरधाम उपमाहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता मेस्तरनी र पुष्पा यादव तथा कर्मचारी मिना साह र सेवाग्राही प्रमीला मण्डललाई नीज पत्रकारहरुले कुटपिट गरेर घाइते बनाएको हुदा पाच दिन भित्र कारवाही गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।सो समय भित्र कारवाही नगरिएका कडा आन्दोलनमा जाने समेत चेतावनी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]