०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पत्रकार सिंहको नाउँमा ५ लाखको अक्षय कोषको स्थापना गर्ने मेयर साहको घोषणा

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२८ पुस । जनकपुरधामकी प्रथम सहीद महिला पत्रकार उमा सिंहको नाममा जनकपुरधाम उपमहानगरका लालकिशोर साहले पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

भ्रमण वर्षलाई सघाउन आइतबार भिजिट मधेसद्वारा आयोजित तराई मधेस पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा पाँच लाखको अक्षय कोषको घोषणा गरेका हुन् ।

नगर प्रमुख साहले पत्रकार उमालाई कर्मवीर योद्धा’ रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र तथा निष्पक्ष रुपमा सबैलाई कलम चलाउन सुझाए । आउदो वर्षदेखि विभिन्न संस्थामा आबद्ध पत्रकारलाई न्याय र समानताका लागि कलम चलाए वापत सम्मानित गर्ने प्रतिबद्धता जनाए ।

स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्दै गरेको उल्लेख गर्दै उमा सिंहले वीरताको रुपमा धरती त्यागेको मेयर साहले सम्झे । जनकपुर टुडे मिडिया हाउसमा कार्यरत सिंह समाचार वाचन गरी साँझ डेरामा पुगेपछि दश वर्ष अगाडी हत्या भएको थियो । प्रहरीको अनुसन्धान पश्चात उनको आफ्नै भाउजु ललिता सिंहले अपराधिक समूहबाट हत्या गराएकी थिइन् ।

उनी हत्यामा दोषी ठहर भई सजाय भुक्तानी गरी बाहिरि सकेका छन् ।महासंघले मनाए श्रद्धाञ्जली दश वर्ष अगाडी पुस २७ गते हत्या गरिएका सहिद पत्रकार उमा सिंहको ११ औँ स्मृति दिवस मनाइएको छ ।

आइतबार पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ धनुषा शाखाले सहिद पत्रकार सिंहको स्मृति दिवस मनाएका छन् । रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा हतियार प्रहारगरी निर्ममतापूर्वक हत्या गरेका थिए ।कार्यक्रममा पत्रकारहरुसंग हुने गरेको अन्यायका लागि एकजुट हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादव, पार्षद् विएम खनाल, पूर्व अध्यक्ष उमेश साह,माधव आचार्य, नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाहकार विरेन्द्र रमण, प्रेस संगठन नेपाल धनुषाका संयोजक शैलेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]