०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

युवा जनमत संघ सप्तरीको अध्यक्षमा यादव चयन

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २९ पुस।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको जिल्ला तदर्थ समन्वय समिति र युवा जनमत संघ सप्तरीका तदर्थ समिति मंगलवार गठन गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको जनमत पार्टी सप्तरीका कार्यालयमा अयोजना गरिएको एक कार्यक्रम बिच जिल्ला समन्वय तदर्थ समितिका संयोजक चन्देश्वर मण्डल (किसान) रहेको छ भने, युवा जनमत संघ सप्तरीको संयोजक मनोज यादव रहेको छ ।

यसै गरी सञ्जय यादव, शिव नारायण यादव, मो. उस्मान, गुलाब मण्डल, भुटो मण्डल, हुकुमदेव साह, शंकर खड्का, राजेन्द्र साह, शिव नारायण यादव, रमानन्द मण्डल, कृष्ण विहारी मेहता, चुनेश्वर साह, विजय कृष्ण साह, कमल मण्डल, जयप्रकाश मण्डललगायत १०१ सदस्यीय जिल्ला समन्वय तदर्थ समिती गठन गरिएको छ ।

यसै गरी युवा जनमत संघ सप्तरीका तदर्थ समितीका सदस्यमा जिवछ यादव, केशव मण्डल, कृष्णा साह, युग्नेश्वर मण्डल, डम्बर राज मण्डल, महेश यादव, राजेश माझी, राजकिशोर मण्डल, मिन्तर मुखिया, रन्जित सन्त, सुर्य नारायण खंग, श्रवण कुमार खंग, जिवन लौगी, केशव दास, जय नारायण राय, गजेन्द्र मण्डल, ललित नारायण मण्डल, सुमित मण्डललगायतका ५१ सदस्यीय समिति गठन गरिएको छ ।

अगामी माघ १८ गते आयोजना हुन गईरहेको वृहत आमसभा भव्यरुपमा सु सम्पन्न गर्नका लागी अार्थीक समिति, प्रचार प्रसार समिती, कार्यक्रम व्यवस्थापन समिती, स्वयमसेवक सञ्चालक समिती, यातायात व्यवस्थापन समिती समेत त्यार गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीको इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट पार्टीका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]