०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

नेपाल कलवार कल्याण महासघको तेस्रो महाधिवेशन बिरगंजमा हुने

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

अजित भुजेल
बिरगंज ,२९ पुस।नेपाल कलवार कल्याण महासघ काठमाडौंको तेस्रो महाधिवेशन बिरगंज हुने भएको छ ।

कलवार कल्याण समिती बिरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा बिरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारि भैइ सकेको जानकारी गराएका थिए ।

यस महाअधिवेसनमा २३ जिल्लाका ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जना सहभागिता रहने समेत बताए। उदघाटन कार्यक्रमको प्रमुख अतिथिमा छिमेकी भारतका भाजपा बिहारको प्रदेश अध्यक्ष तथा लोकसभा सदस्य माननिय डा. सन्जय कुमार जैसवाल आउने र कार्यक्रमको खर्च कुल चार लाख देखि साढे चार लाख हुने छ ।

प्रत्येक जिल्ला बाट आउनु हुने प्रतिनिधिबाट एक हजार र प्रवेक्षक बाट पाच सय सुल्क लिने र बाकीको आफु सदस्यहरुबाट मिलाएर खर्च गर्ने समेत पत्रकार सम्मेलनमा बताए ।पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता , केन्द्रिय सदस्य हरिकृष्ण जैसवाल , युवा केन्द्रिय सदस्य एवं तयारी समितीको संयोजक मनोज गुप्ता , बिरगंजका अध्यक्ष प्रभु प्रसाद गुप्ताको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]