०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बाल शोषण तथा बालविवाह सचेतना सम्वन्धि प्रशिक्षण कार्यक्रम सुरु

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

मनोज मोरवैता
जनकपुरधाम,२९ पुस।धनुषामा बाल शोषण तथा बालविवाह सम्वन्धि चारदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

सामुदायीक विकास नेपाल धनुषाको आयोजनामा बटेश्वर गाउपालिका वडा नं १ स्थित रहेको शिवशक्ती मावि बटेश्वरमा मंगलवार देखि सुरु भएको बालशोषण तथा बालविवाह सचेतना प्रशिक्षण कार्यक्रममा बाल अधिकार सम्वन्धि सचेतना चार दिन सम्म तालिम मार्फत दिइने जनाइएको छ ।

सामुदायीक विकास नेपालका अध्यक्ष रामसागर यादवले बाल अधिकार सम्वन्धि सरकारले वनाएको निती र समाजमा बाल अधिकार सम्वन्धि रहेको धारणालाई तालमेल मिलाउन र बाल अधिकारको बारेमा सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वताए ।

चारदिने प्रशिक्षण कार्यक्रममा बटेश्वर गाउपालिकाका कर्मचारी,वार्ड प्रतिनिधी,दलित,स्थानिय,बालबालिका लगायतको सहभागीता रहेको छ ।चार दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा चन्देश्वर यादव,धर्मशिला यादव,सविता शर्मा,नागमणी रुद्रवागले प्रशिक्षण दिने भएको छ ।कार्यक्रमको उदघाटन शत्रमा गाउपालिकाका अध्यक्ष डम्वर बहादुर राउत क्षेत्री ,प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]