०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीमा जनमत पार्टीका संगठन बिस्तारमा तिब्रता

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज,२ माघ।जनमत पार्टी सप्तरीको तिन स्थानिय तहमा विहिवार वडा स्तरीय तदर्थ समिति गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर १, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ र विष्णुपुर गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरी तदर्थ समिति गठन गरिएको हो ।

बोदेबरसाईन नगरपालिका वडा नम्बर १ मा प्रदिप कुमार साहको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा रविन्द्र साह, सचिवमा दुर्गानन्द मण्डल, सह सहसचिवमा वौवु पण्डित, कोषाध्यक्षमा परमेश्वर साहलाई चयन गरेको छ । सदस्यमा लोकेन्द्र प्रसाद यादव, सहदेव मण्डल, बैजनाथ मण्डल, शिवशंकर पण्डित, पशुपति पण्डित, अनिल कुमार साह, मनोज कुमार साह, श्यामकुमार पण्डित, सरोज कुमार पण्डित, रामसुफल पण्डित, रामनाथ मण्डल, सञ्जय कुमार साह, सियाराम मण्डल, रामनाथ मण्डललगायतका २१ सदस्यीय समिति गठन गरेको हो।

यसै गरी तिलाठी कोइलाडी गाउँपालिका-७ मंसापुरको वडा तदर्थ समितिको संंयोजकमा मोहन कुमार मण्डल, उपसंयोजकमा केशव कुमार मण्डल, सचिवमा दिपेन्द्र मण्डल, सह सचिवमा राधेश्याम मण्डल कोषाध्यक्षमा सरयुग मण्डल रहेको छ ।

त्यसै गरी विष्णुपुर गाउँपालिका-४ कनकट्टामा वडा तदर्थ समितिका अध्यक्षमा रामनारायण शर्मा, उपाध्यक्षमा विनोद साह, सचिवमा जयप्रकाश साह, सह सचिवमा रामकृष्ण साह, कोषाध्यक्षमा सुरेन्द्र प्रसाद साह रहेको छ ।

कृष्णा कुमार साह, मो. इसुफ मिया, पवन कुमार साह, प्रमेश्वर दास, दुखिलाल मण्डल, बद्री साह, गंगाइ खंंग, राजकुमार मण्डल, शिवकुमार सदालगायत ५१ सदस्यीय समिति गठन गरिएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेसी, आलोक यादव, बोदेबरसाइन नगरपालिका वडा नम्बर १० का तदर्थ समितिका संंयोजक रामाअशिष यादव, विष्णुपुर गाउँपालिका तदर्थ समितिका अध्यक्ष इ. राजेन्द्र प्रसाद शाह, तिलाठी काेइलाडी गाउँपालिका तदर्थ समितिका संयाेजक सुशील कुमार मण्डल, इन्द्रदेव यादवसमेतकाे उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]