२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

डेट स्पाइर मेडिसिन जस्तै कांग्रेस र नेकपा पार्टी रहेको डा सिके राउतको दाबी

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

मनोज मोरबैता
सुनसरी , ४ माघ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले मधेसको अधिकारका लागि जस्तोसुकै संर्धष गर्न तयार रहेको कुरामा जोड दिएका छन् ।

सुनसरीको इनरुवामा आयोजना गरिएको आमसभालाई शनिवार सम्बोधन गर्दै डा राउतले मधेसीहरुको बलिदानीबाट आएका उपलब्धीलाई संस्थागत गर्नुको सटा मधेसीहरुले मधेसी जनतालाई बेची रहेको आरोप लगाए ।

मधेसको मुक्ति कसरी हुन्छ भनेर तिर नसोची सता र शक्तिमा कसरी पुग्ने अनि पैसा कसरी कामउनेतिर नै बढी ध्यान राजनितिक दलहरुको रहेको आरोप समेत लगाए ।

संविधान संशोधन नगरे सम्म तराई मधेसको जनताले मुक्ति नपाउने उनको कथन रहेको थियो । ७० बर्ष पुरानो पार्टी नेपाली काँग्रेस, तत्कालिन एमाले अहिलेको नेकपा पार्टी डेट स्पाइर मेडिसिन जस्तै रहेको दाबी गर्दै तराई मधेसको समस्या कहिलेपनि समाधान गर्नतिर नलागेको बताए ।

मधेसी जनताको पहिचान कायम गराउन एक मात्र पार्टी जनमत पार्टी रहेको चर्चा गर्दै सहयोग गर्न सबैलाई डा. राउतले आग्रह गरे । मधेसमा अहिले पनि सिचाईको प्रभावकारी सुबिधा नहुनु, खानपानी, बिजुलीबती ,शिक्षा, स्वास्थ्य वाटोघाटो समेतको उचित व्यवस्था राज्यले नगरी मधेसीहरु माथि बिभेद गर्ने गरेको राउतले दावी रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]