२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

महिलाहरुलाई आत्मनिर्भर वनाउने उदेश्यले संचालन गरिएको एकमहिने तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्युजमधेश समाचारदाता
जनकपुरधाम,५ माघ। महिलाहरुका लागि व्यक्तित्व विकासमा सहयोग पुरयाउन आयोजना गरिएको एक महिने मिथिला चित्रकाला तालिम सम्पन्न भएको छ ।

जनकपुर आर्ट एण्ड क्राफ्ट र नेपाल दलित महिला उत्थान संघको संयुत्त आयोजना र ब्रीज वाटर स्टेट यूनिभरसिटीका प्रोफेसर डाईना फ्कसको सहयोगमा संचालित तालिम पुस ३ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो।

४ जना किशोरी र २ जना महिला लगाइत जम्मा ६ जना सहभागी रहेको उक्त तालिमको उदेश्य मिथिला पेन्टिङ्गको माध्यमले महिला सशत्तिकरण गरी आफ्नो व्यत्तिगत, पारिवारीक तथा सामूदायिक जीवनमा नेतृत्व प्रदान गर्नु रहेको जिल्ला युवा संजाल धनुषाको महासचिव कुलदिप साहले जानकारी दिएको हो।

तालिममा मिथिला पेन्टिङ्ग संगसंगै महिला शसत्तिकरणका लागी महिला हिंसा, महिला अधिकार, वाल विवाह, दाइजो प्रथा, लैङ्गिक विभेद, लैङ्गिक समानता, घरेलु हिंसा (कसुर तथा सजाय) ऐन२०६६, जातिय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) ऐन २०६८ तथा २०७२ को संविधानको अवधारणा र नागरिकता सम्बन्धि हकमा आमाको नामबाट नागरिकता बारे जानकारी गराइएको थियो ।

सहभागी भन्छिन् ‘यस तालिममा जानकारी गराईएको ऐन कानुन पनि सिकेकी छु । पेन्टिङ्ग संगसंगै गाउँमा कुनै विभेद वा हिंसा भयो भने त्यस विरुद्ध पनि अवाज उठाउछु ।’तालिममा प्रशिक्षकको रुपमा कमलबाबु परियार, विमला दास छन् भने मिथिला पेन्टिङ्गको प्रशिक्षण रिना साह, बबिता गरौ र सुलोचना कर्णले प्रदान गरेकी छन् ।

तालिम पश्चात सहभागी महिला तथा किशोरीहरुले समाजमा व्यापत महिला हिंसा तथा कुरितीहरुलाई पेन्टिङ्गको माध्यमले वाहिर ल्याउछिन भने पेन्टिङ्ग कै माध्यमले लोप हुदै गईरहेका मिथिलाका संसकार, संस्कृति र सभ्यतालाई जिवन्त राख्ने लक्ष्य लिइएको छ ।

तालिमले महिला सशत्तिकरण संग सगै उनीहरुको जिविकोपार्जनमा समेत अहम भूमिका खेल्ने कार्यक्रम संयोजक अशोक साहको भनाई छ ।तालिममा सहभागीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]