०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

परियावरण अभियानी महतो हत्याको बिरोधमा कवि गोष्ठी

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६ माघ।अवैद्य खोला उत्खनन्को बिरोध गर्दा मारिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलिप महतोको स्मरण गर्दै आईतबार मिथिला नगरपालिकाको ढल्केबरमा कवी गोष्ठीको आयोजना गरिएको छ ।

कार्यक्रममा कवीहरुले आफ्नो साहित्यिक रचना मार्फत् हत्याको बिरोध, हत्यारालाई कार्वाही र दिलिपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने बताएका छन् ।

पिछ्डा वर्ग समाज (ओबिसी) ले ‘यूवा अभियन्ताको जीन्दगानी खतरामा’ मूल नाराका साथ खुल्ला कवि गोष्ठी आयोजना गरेका हुन् ।

गोष्ठीमा विजय कुमार दास, देबानन्द सिंह, उदय राज यदुवंशी, जानकी शरण कण्ठ, मुरली प्रसाद यादब, जितेन्द्र सिंह लगायतकाले आफ्ना रचनाहरु प््रस्तुत गरेका थिए ।

पिछ्डा वर्ग समाजका केन्द्रीय अध्यक्ष रामकुमार महतोको अध्यक्षतमा गोष्ठीको आयोजना गरिएको थियो ।

मिथिला नपा ५ को श्रीपुरस्थित औरही खोलामा अवैध खोला उत्खन्नको विरोध गर्दै आएका दिलिपलाई क्रसर संचालकहरु मिलेर गत पुस २५ गते हत्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]