०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न डा सीके राउतको आग्रह

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोकमा मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनमत पार्टीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेसी नेताहरु गद्दा बनेको बताए । उनले मधेसी नेता स्वार्थमा लागेको र मन्त्री बन्ने खेलमा लागेर मधेसीको मुद्दा विर्सेको आरोप लगाए ।

डा. राउतले मधेसी नेताहरु गद्दार बनेकै कारण अमेरिका छाडेर मेचीदेखि महाकालीसम्मको भ्रमण पश्चात राजनीतिमा लागेको बताए । उनले भने, ‘म अमेरिकामा वैज्ञानिक थिए । राम्रो पैसा पनि कमाउथे । राजनीतिसँग कुनै मतलव नै थिएन । तर मधेसी जनता उत्पीडनमा परेकै कारण छाडेर राजनीतिमा लागेँ ।’

डा. राउनले मधेसी शहिदहरुको सपना जनमत पार्टीले मात्र पुरा गराउन सक्ने दावी समेत गरे । उनले जनमत पार्टी जनताको पार्टी रहेको भन्दै अधिकार प्राप्त नभएसम्म संघर्ष जारी राख्ने बताए । डा. राउतले उक्त समारोहमा शहिद महतोका बुवालाई सम्मान समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]