०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

अख्तियारको नियत ‘सफा’ देखिएन : डा.भट्टराई

Logo
प्रकाशित बिहिबार, माघ २३, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं,२३माघ।समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत ‘सफा’ नदेखिएको प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै डा. भट्टराईले अख्तियारको छानविन प्रक्रियाप्रति असन्तुष्टी जनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निष्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरे । जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाइएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्‍यो म फिर्ता गर्छु भनेर छाड्न मिल्छ ?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपूर्ण छ । कर्मचारीमध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन् । उनीहरु निष्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन् ।

हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानुभन्दा नि प्रक्रिया पुर्‍याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बद्मासी गरेको छ, त्यसले प्रक्रिया पूरा गरेर उम्कने । यस्तो नियम कानुनको पनि समस्या छ । ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ । केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नु हुन्छ ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]