२८ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

आजदेखि जनकपुरमा दोस्रो बेटी सम्मेलन

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२७ माघ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सोमवारदेखि बेटी सम्मेलन हुने भएको छ । ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ मुल नाराका साथ जनकपुरमा दोस्रो बेटी सम्मेलन हुन लागेको हो ।

मुलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा सोमवार जनकपुरको मशाला कटेजमा सुरु हुने दोस्रो बेटी सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनबारे जानकारी आईतवार साँझ पत्रकार सम्मेलन गरी केन्द्रकी अध्यक्ष नजवुल खानले जानकारी गराइन् ।

सम्मेलनको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ । केन्द्रकी अध्यक्ष खानले छोरीको हितका लागि योगदान पुर्याएका विभिन्न क्षेत्रका १५ जनालाई सम्मान गरिने जानकारी दिइन् । सम्मेलनमा मुख्यमन्त्री राउत, कानून मन्त्री ज्ञानेन्द्र यादब, मोडल तथा नेतृ पुष्पा यादब, बहादुर छोरी तथा एसिड पीडित मुस्कान खातुन सहितलाई सम्मान गरिनेछ ।

सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको केन्द्रकी अध्यक्ष खानले जानकारी दिइन् । उनले प्रदेश २ ले हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको जस्तै अन्य प्रदेशहरुले पनि गर्नुपर्ने माग गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]