२८ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् : डा. सीके राउत

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

न्यूजमधेश सम्बादाता
जलेश्वर ,२७ माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् ।

 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनमत पार्टीले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने भएपछि आफू राजनीतिमा प्रवेश गरेको बताए ।

मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्रीसमेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान नभएको र मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद बनाएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप समेत उनले लगाए ।

समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ ।उनले कुनै पनि विकासीय कार्य गर्न व्यक्तिगत रुपले नभएर राजनीतिक ढंगले मात्र सम्भव हुने भएकोले राजनीतिमा आफू होमिएको समेत जिकरि गरेका थियो।

अहिले कुनै पनि विकासीय कार्यका लागि कमिशन बिना काम नहुने भन्दै राजनीतिको खोल ओढेर मधेशलाई जरजर अवस्था पु¥याउने मधेशी नेताहरुको बास्तविक रुप जनता माँझ नाङ्गिसकेकोले जनताको सबै आकांक्षा र विश्वास जनमत पार्टीले पुरा गर्ने उनको भनाई छ ।

एक अर्को प्रसङ्गमा डा. राउतले आफूले कुनै व्यक्तिसँग सम्झौता नगरे नेपालको सर्वोच्च निकायसँग लुकाएर होइन् जनतालाई देखाएर सार्वजनिक रुपमा सम्झौता गरेको बताए ।

राजपाले मधेशी जनताको भावना विपरीत लुकाएर सरकारसँग सम्झौता गरि आफ्ना नेताहरुलाई राष्ट्रिसभामा पु¥याएको आरोप लगाउँदै उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारम्वार सत्तामा गएर आफ्नो स्वार्थ मात्र पुरा गरेको आरोप लगाए ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज संजय यादवको अध्यक्षतामा भएको आमसभामा गैर आवासीय मधेशी संघ कतारको अध्यक्ष शम्भु नाथ साह,जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खान,ईन्द्रजित यादवलगाइत नेताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]