२८ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

प्रदेश २ नामाकरण सबै दल मधेश प्रदेश नजिक

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन ।

प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश , नेपाली काँग्रेसले मिथिला भोजपुरा र केही सभासदहरुले मध्यमधेश दर्ता गराए छन ।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक पटकको छलफल पछि दलहरु मधेश प्रदेश नजिक पुगेका छन ।

सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतवार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिनु भएको छ ।बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहेपनि सहमतिको लागी भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन ।

प्रदेश नं। २का मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्गयाउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिनु भएको छ । उहाँले मुलुकमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनु पर्ने बताउनु भयो ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेस समेत मधेशलाई स्वीकार्य गरेकोमा धन्यवाद दिनु हुँदै अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गर्नु भयो ।

यता प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफुहरु सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउनु हुँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गर्नु भएको् छ ।

त्यसै गरि नेपाली काँग्रेस संसदीयदलका नेता राम सरोज यादवले पनि सहमतिको लागी मिथिला मधेश नाम अघि सारेको भएपनि सत्तापक्ष मधेश बाहेक केही सुन्नै नचाहेकोले आजको बैठक निष्कर्ष विहिन भएको बताउनु भयो । उहाँले सहमतिको लागि आफुहरु सदैब तयार रहेको प्रतिक्रिया समेत दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]