०४ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

सकियो मुश्लिम धार्मिक सम्मेलन, तीन जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ ।

सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी विश्व जमातका अध्यक्ष हुन् । उनको प्रवचन सुन्न र आशिर्वाद थाप्न सहभागीहरु उल्लेख्य संख्यामा आएका थिए ।

धर्मिक सभा सकिए लगत्तै सोमबार सप्तरीका अधिकांस सडकमा ट्राफिक जाम भएको थियो । सहभागीहरु आएको बस, जीप, ट्याक्टरसहितका सबारीसाधन आ–आफ्नो गन्तव्यतर्फ जान लाग्दा सबै सडकमा भिंड देखिएको थियो । सप्तरी खण्डको पूर्व पश्चिम राजमार्गमा समेत अत्यधिक भींड हुँदा सबारीसाधनलाई चल्न समस्या भएको थियो ।

शनिबारदेखि प्रारम्भ भएको धार्मिक सभा खड्ग नदीको किनारमा आयोजना गरिएको थियो । दुई देशबाहेकका देशबाट समेत सहभागीलाई बोलाइएको भन्दै गृहमन्त्रालयले बिहीबार सभा संचानमा रोक लगाएको थियो । तर, आयोजकले उनीहरुलाई पठाइदिने बताएपछि सरकारले पुनः संचालन गर्न अनुमति दिएको थियो ।

सभामा पाकिस्तान, कुवेत, साउदी अरब, बंगलादेशसहितका देशबाट समेत सहभागी आएका थिए ।

यसैबीच आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलनमा सहभागी हुन आएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुई जना भारतीयको र एक जना नेपाली मुसलमानको हृदयघात भएर मृत्यु भएको छ ।

सप्तरी प्रहरीका अनुसार भारतको बिहारका दुई जनाको हृदयघात भएर मृत्यु भएको छ । बिहारको मोतिहारीका ७४ वर्षीय हारुन रसिक, बिहारकै भुतहा बेतीयाका ६२ वर्षीय नेक मोहम्दको मृत्यु भएको छ ।

यस्तै, सप्तरीकै खड्ग नगरपालिकाका एक व्यक्तिको समेत मृत्यु भएको छ । उनको नाम खुल्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]