२८ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

जब पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाएपछि !

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

श्रवण देव
जनकपुरधाम,७फाल्गुण।हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ ।

झन् तराईरमधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन ।

निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने, महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा धनुषाका महिलाहरुले यस्तो संस्कृतिलाई चुनौती दिएका छन् । निधन भएका आफन्तको शवलाई आफ्नो काँधमा बोक्दै दाहसंस्कारका लागि खोला छेउसम्म महिलाहरुले नै लगेका छन् ।

मंगलबार धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको निधन भयो । नेपाली कांग्रेसका कृयाशील सदस्यसमेत रहेका यादवको निधन भएपछि उनको पार्थिव शरीरलाई पुरुषले काँधमा बोकेनन् । महिलाले नै बोके ।

मृत्युको यो घटना आफैंमा दुःख त हो नै, तर, महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।

पाँच छोरीका पिता रामनारयणको निधनपछि गाउँमा छलफल भयो । दाहसंस्कार र क्रियाकर्म कसले गर्ने ? रामनारायणका छोरा थिएन् । केही व्यक्तिले नातागोताका छोराबाट दाहसंस्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए । र, पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा आमा अर्थात मृतककी श्रीमतीले दागबत्ती दिइन् ।

रामनारायणका पाँच छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठी छोरी ४० बर्षीया नेपुर यादव, माइली छोरी ३७ बर्षीया राजदेवी यादव, साँहिली ३५ बर्षीया प्रमिला यादव, काइँली ३२ बर्षीया अनिता यादव र कान्छी ३० बर्षीया गोरकी यादवले पिताको शव आफैं बोके ।

घरदेखि पाँच किलोमिटरको दूरीमा रहेको कमला खोला छेउसम्म उनीहरुले नै पिताको पार्थिव शरीर बोकेर पुर्‍याए । त्यहाँ पुगेपछि मृतक रामनारायणकी ६२ बर्षीया पत्नी राधिकादेवीले दागबत्ति दिइन् ।

रामनारायणलाई श्रद्वाञ्जली दिन गएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पहाडतिरका महिलाहरु क्रियाकर्ममा बसेको देखिए पनि पार्थिव शरीरलाई काँधमै बोकेर पाँच किलोमिटरसम्म पुर्‍याएको पहिलोपटक आफूले देखेको बताए ।तस्वीर : जगतसुन्दर साह

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]