२८ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

कृषिकको उर्वर क्षेत्रमा सिँचाइ भएपछि कृषक रमाए

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

न्यूजमधेश सम्बादाता
परासी,७ फाल्गुण। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षौँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ ।

सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, फूलबारीलगायत गाउँका सयौँ कृषक लाभावन्ति हुने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिँचाइका लागि धेरै समस्या थियो, सिँचाइ सुविधा कठिनाइ हुँदा कृषि उत्पादन निकै कम छ, कच्ची बाँध बनाउँदा पानीले बगाएर समस्या आउने गथ्र्यो, अब पक्की बाँध नै निमार्ण भएको छ, यसै महिनामा निर्माणकार्य पूर्ण सम्पन्न भएपछि सिँचाइका लागि सहज हुनेछ”, सो कार्यक्रमबाट रु २५ लाख, गाउँपालिकाबाट रु २० लाख र जनश्रमदान चार लाख ९४ हजार १५४ गरी रु ४९ लाख ९४ हजार १५४ को लागतमा बाँध निर्माण गरिएको होे ।

यसअघि स्थानीय कृषकले खोलामा माटोको कच्ची बाँध निर्माण गर्दै सिँचाइको प्रयास गरे पनि पटक–पटक भत्किने समस्याले कृषकलाई असुविधा भइरहेको थियो । सिँचाइ पर्याप्त नहुँदा कृषि उब्जनीको उत्पादन कम रहेको थियो । “पानीको समस्याका कारण कृषकले समयमा खेती गर्न पाएका छैनन्, चापाकल, बोरिङको पानी पनि सुक्ने समस्या छ, आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ”, अध्यक्ष चौधरीले भन्नुभयो । बाँध निर्माण भएपछि पानी रिचार्ज हुने, उत्पादन वृद्धि हुने तथा माछापालनसमेत गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सिँचाइको दिगो व्यवस्थापन हुने भन्दै कृषकमा उत्साह थपिएको उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले जानकारी दिनुभयो । बाँध निर्माण भएपछि अब बाह्रै महिना सिँचाइ सुविधा पुग्ने र व्यवस्थित खेती गर्न सहज हुने छ । “सिँचाइको सुविधाले बाँझो र सुक्खा अवस्थामा रहेका जमिनमा तरकारी, अन्नबाली प्रशस्त उब्जाउ गर्न सहज हुन्छ, अब कृषि उपजको उत्पादन पनि बढ्नेछ, यसले गर्दा यहाँका कृषकमा उत्साह थपिएको छ”, उहाँले भन्नुभयो ।

बाँध निर्माण भएपछि अब खेती गर्न सहज हुनुका साथै उत्पादन वृद्धि हुने स्थानीय कृषक हरिलाल यादवले बताउनुभयो । सरावल गाउँपालिका कृषिकको उर्वर क्षेत्र हो । गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट तथा कार्यक्रम तर्जुमा गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]