०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कमला नगरपालिकामा छोरी शिक्षा विमा कार्यक्रम

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४ फाल्गुण।मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा कार्यक्रम मंगलबार धनुषाको कमला नगरपालिकामा भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उद्घाटन गरेपछि छोरी शिक्षा विमा कार्यक्रम भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकारले छोरीको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए ।

छोरीको लागि ५० प्रतिशत आरक्षण दिने पहिलो प्रदेश रहेको मन्त्री यादवले थपे ।सो अवसरमा प्रदेशसभा सदस्य एवम् समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादवले प्रदेश सरकारले समाजिक कुरीति अन्त्य गर्नको लागि छोरी शिक्षा विमा कार्यक्रम ल्याएको बताए ।

बालविवाह, दाइजो प्रथा, महिला हिंसा न्युनिकरण गर्नको लागि छोरीलाई शिक्षित बनाउनुपर्छ, उनले भने–छोरीलाई शिक्षित बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ ।कमला नगरपालिकाका मेयर रामउदगार गोइतको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी धनुषा समन्वय समितिका अध्यक्ष पशुपति यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कुमार यादव,कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल,मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका निर्देशक समिति सदस्य ममता मण्डल लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार साँझसम्म ७१ जना छोरीको फारम दर्ता भइसकेको बेटी पढाउ, बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]