०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

म समाजवादी पार्टीमै छु, सधै रहनेछु : नेता यादव

Logo
प्रकाशित मंगलबार, फाल्गुण २०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२० फाल्गुण। समाजवादी पार्टीको तर्फबाट धनुषाको जनकनन्दनी गाउंपालिका मेयर प्रत्यासी रहेका दिपिनदेव यादवले पार्टी परित्याग नगर्ने स्पष्ट पारेका छन् ।

उनले आफ्नो फेसबुक ह्याक गरी ’पार्टी परित्याग गर्ने’ भन्ने गलत सन्देश लेखेपछि चिन्तित बनेको बताएका हुन् । उनले भने, ’म समाजवादीमा पार्टी छु । सधै रहनेछु ।’ पार्टीप्रति केहि आन्तरिक कारणले असन्तुष्ट रहेका उनले पार्टीमा ईमानदारी पूर्वक काम गर्नेको मुल्यांकन गर्न नेतृत्वसंग समेत आग्रह गरे ।

नेता यादव पार्टी परित्याग गर्ने हल्ला चलेपछि उनलाई सोमबार संघीय सांसद तथा विसु अभियानका धनुषा संयोजक उमाशंकर अरगरिया भेटघाट गर्न पुगेका थिए । सांसद अरगरियाले समेत नेता यादवलाई ईमानदारीका साथ काम गर्ने कसैमाथि ’काखा पाखा’ नहुने प्रतिबद्धता जनाए ।

उनले असन्तुष्ट सबैको माग सम्बोधन गर्नकै लागि पार्टीले संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान चलाएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]