०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

बेपत्ता परिवारको लागि राज्य इमान्दार भएनःमुख्यमन्त्री

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुराधाम,२२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । बेपत्ता पारिएको व्यक्तीको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश २ मा रहेको १ सय ९६ बेपत्ता परिवारको न्यायको लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले थप्नुभयो ।

बेपत्ता परिवारको समस्यालाई अव नबल्झाऔ, उहाँले भन्नुभयो–चाँडो भन्दा चाँडो निक्र्यौलमा पुर्याऔं ।परिवारका सदस्य गुमाएकाहरुको पीडा कम गर्नको लागि पनि न्याय दिनुपर्ने तर्क उहाँले गर्नुभयो ।

बेपत्ता पारिएको व्यक्तीको छानविन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्नुभयो ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, आयोगका सहसचिव इश्वरी प्रसाद ढकाल, सदस्य सुनिलरंजन सिंह लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै साँश कि लाश दिनुपर्ने माग गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]