०६ मंसिर २०८१, शुक्रबार
22-11-2024 , Fri
×

सबैलामा सपाको पार्टी कार्यलय उदघाटन

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२ चैत्र। समाजवादी पार्टी धनुषाले सबैला नगरपालिकामा कार्यालय स्थापना गरेको छ ।

प्रदेश २ का भुमि व्यवस्था,कृषि तथा सहकारी व्यवस्था मन्त्री शैलेन्द्र कुमार साहले शनिबार एक कार्यक्रमका बीच पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

कार्यालय उद्घाटन गर्दै मन्त्री साहले संगठन सुदृढ गर्दै अघि बढ्नको लागि सबैमा आग्रह गरे ।सबैला नगरपालिकाका बैजनाथ यादवको अध्यक्षतामा भएको नगरस्तरीय पार्टी समायोजन, बिसु अभियान तथा कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री साहले पार्टीले थालेको अभियानलाई सफल पार्नको लागि सबै भ्रातृ संगठन,जनवर्गिय संगठनहरुले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा केन्द्रिय सदस्य एवम् बिसु अभियान निर्वाचन क्षेत्र नम्बर १ का अभियन्ता दीपक कार्की, साधु यादव,उमेश साह, केन्द्रिय परिषद्स दस्य रामउदगार यादव, पर्मिला यादव, धनुषा जिल्ला समन्वय समितिका अध्यक्ष पशुपति यादव, प्रदेश सदस्य विजय भगत,जिल्ला उपाध्यक्ष अम्बु साह,समाजवादी विद्यार्थी युनियनकासत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]