०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रुपन्देहीमा जनमतको संगठन विस्तार तिव्रता दिदै

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो ।

जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा वडास्तरीय तदर्थ समिति गरिएको छ । लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १ मा जयकरन वरीको नेतृत्वमा ३५ सदस्यीय समिति बनाइएको छ ।

त्यस्तै, वडा नम्बर २ मा भोला बनियाको नेतृत्वमा २१ सदस्यीय समिति र वडा नम्बर १२ मा दुर्गाप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीयसमिति बनाइएको छ । त्यसैगरी, कोटहीमाइ गाउँपालिका वडा नम्बर १ मा रामकृष्ण यादवको नेतृत्वमा ३१ सदस्यीय समिति, कोटहीमाई गाउँपालिका वडा नम्बर ३ मा रामनरेश यादवको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै, गैडहवा गाउँपालिका वडा नम्बर २ मा राममिलन यादवको नेतृत्वमा २१ सदस्यीय वडा तदर्थ समिति निर्माण गरिएको छ । रुपन्देहीमा आइतबार पनि विभिन्न सात वडामा तदर्थ समिति बनाइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]