०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

प्रदेश २ को राजधानी र नामका लागि आज मतदान !

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,४ चैत्र । प्रदेश २ को राजधानी र नामका लागि आज (मंगलबार) मतदान हुने भएको छ ।

आज बिहान ८ बजे हुने बैठकमा राजधानी र नामका विषयमा मतदान हुने भएकाले अनिवार्य उपस्थितिका लागि सभामुख सरोजकुमार यादवले सांसद्हरूलाई निर्देशन दिनुभएको छ ।

यसअघि, दुई पटक मतदानको मिति सारिएको थियो । चैत १ गतेका लागि मतदानको कार्यतालिका बनाइए पनि अन्तिम समयमा मिति सारिएको थियो । त्यस्तै, फागुन २३ गते मतदान गर्ने भनिएको थियो ।

प्रदेश २ को राजधानी र नामका लागि २०७६ भदौं ५ गते दलहरूले प्रदेशसभा सचिवालयमा प्रस्तावहरू दर्ता गराएका थिए । राजधानीका विषयमा पाँच र नामका विषयमा चार प्रस्तावहरू दर्ता भएका थिए ।

यी प्रस्तावहरूमाथि सांसद्सहित सरोकारबालासँग छलफल गरी सहमति जुटाउन भदौं २९ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरिएको थियो । पटक–पटक छलफल भए पनि दलहरूबीच सहमति जुट्न नसकेपछि मतदानबाटै राजधानी र नामका विषयमा टुंगो लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिले फागुन ३० गतेको प्रदेशसभा बैठकमा पेश गरिसकेको छ ।

समितिले बुझाएको प्रतिवेदनअनुसार राजधानीका विषयमा पेश भएका पाँच प्रस्तावमा केही सहमति भएर हाल तीन प्रस्ताव कामय रहेका छन् । त्यस्तै, नामाकरणका विषयमा आएका चार प्रस्तावमध्ये कुनैमा सहमति जुट्न नसकेको समितिले जनाएको छ ।

राजधानी जनकपुरधाम राख्ने विषयमा करिब करिब दलहरूबीच सहमति जुटेको छ । तर, नामका विषयमा सबै दल आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो ।

सत्तारुढ समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा ‘मधेश’, नेकपाले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ र केही सांसद्ले ‘मध्य मधेश’ नामाकरण गर्नुपर्ने भनेर प्रस्तावहरू पेश गरेका थिए ।

मतदानबाट नामाकरण पेँचिलो

मतदानबाट प्रदेशको राजधानी टुंगो लाग्ने निश्चित भए पनि नामाकरण पेँचिलो बनेको छ । राजधानी र नाम प्रदेशसभाको दुई तिहाई मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेश २ मा कुनै पनि दलको दुई तिहाई छैन ।

एक सय ७ सदस्य रहेको प्रदेश २ प्रदेशसभाको दुई तिहाई मत ७२ हुन जान्छ । मधेश प्रदेश नाम राख्नुपर्ने अडानमा रहेका सत्तारुढ सपा (३०) र राजपा (२५) सँग कुल ५५ मत मात्र रहेको छ । त्यस्तै, नेकपासँग ३२, नेपाली कांग्रेससँग १९ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीसँग १ मत रहेको छ ।

गणितीय हिसाबले प्रदेश २ का ठूला तीन दल मिले मात्र मतदानबाट प्रदेश २ को नामाकरण हुन सक्छ । यसका साथै क्रस भोटिङ भएको अवस्थामा पनि नामाकरण टुंगो लाग्न सक्छ । नेकपामा जानकी र कांग्रेसमा मिथिला भोजपुरा नामलाई लिएर मतभेद रहेको अवस्थामा क्रस भोटिङसमेत हुन सक्ने सम्भावना रहेको छ ।

क्रस भोटिङ भएको अवस्थामा मतदानबाट नामाकरणको टुंगो लाग्न सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]