०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

आजदेखी राजापाको अध्यक्ष मण्डलका सन्योजक भण्डारी

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु,५ चैत्र ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको अध्यक्ष मण्डलका संयोजक फेरिएका छन् ।चैत ५ गतेदेखि शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका संयोजक बनेका छन् ।

संयोजक महेन्द्र राय यादवले मंगलवारी जारी गरेको विज्ञप्तिमा बुधवारदेखि भण्डारी संयोजक भएको जनाए ।राजपाको केन्द्रिय अध्यक्ष मण्डलका संयोजक हरेक २ महिनामा फेरिने गरेकोछ ।

राजपामा अन्य कुनै काम समयमा नभएपनि अध्यक्ष मण्डलका संयोजक ठिक दुई महिनामा परिवर्तन हुने गरेकोछ ।यादवको कार्यकाल पुरा भएपछि भण्डारी संयोजक बनेका छन् ।

भण्डारीपछि अनिल झा संयोजक हुने छन् ।संयोजक फेरिएपनि त्यसले गर्ने कामको ‘मार्ग चित्र’ बनेको छैन् ।यादव संयोजक रहेका बेला समाजवादी पार्टीसित एकिकरणका लागि निरन्तर प्रयास गरेका थिए ।तर अध्यक्ष मण्डलका अन्य सदस्यहरुको असहयोगको कारण पार्टी एकिकरण हुन सकेन् ।

भण्डारी संयोजक भएपछि पार्टीलाई संघीय सरकारमा सहभागि गराउने भरमग्दुर प्रयास गर्नेछन् ।उनले पार्टीलाई सरकारमा सहभागि गराएर मन्त्री बन्ने ध्याउन्नमा छन् ।यसका लागि उनलाई राजकिसोर यादव र अनिल झाले पूर्ण समर्थन गर्नेछन् ।

राजपाले हाल सम्म महाधिवेशन गर्न सकेको छैन् ।महाधिवेशनका लागि तल्लो निकायहरुको अधिवेशन समेत गर्न सकेको छैन् ।अबको महाधिवेशन एकताको महाधिवेशन हुने नारा दिएपनि त्यसका लागि औपचारिक वार्ता समेत सुरु हुन सकेको छैन् ।

पार्टी एकिकरण र महाधिवेशनको तयारीको प्रकृया अगाडी बढाउन नसकेको राजपाको जेठ महिनाको ५ गते झा संयोजक बनाइनेछ ।राजपा प्रदेश २मा स्थिति अझ भयावह छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]