०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीसँग माफि माग्यो

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

न्यूजमधेश सम्बादाता
भक्तपुर, ६ चैत्र।सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा एसइई स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् ।

बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हुन् ।

विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस कोभिड–१९ फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार साँझ बसेको सरकारको उच्चस्तरीय समन्वय समितिको बैठकले आकस्मिक निर्णय गर्दै एसइई परीक्षासँगै चैतमा हुने भनिएका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

चैत १७ गतेसम्म सञ्चालन हुने तय भएको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको थियो । अचानक परीक्षा स्थगन भएपछि परीक्षा दिन तयारी अवस्थामा रहेका कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी र परीक्षामा खटिने ६५ हजार जनशक्ति परिचालन नहुँदा परीक्षा केन्द्र सुनसान बनेका हुन् ।

स्थानीय तहमार्फत समन्वय गरेर प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भनिए पनि त्यसको प्रभावकारी तयारी हुन सकेको थिएन । ठिमीका चार वटा परीक्षा केन्द्रमा हेल्थ डेस्कको जिम्मा लिएको नागरिक अस्पतालका नर्सिङ इञ्चार्ज सुन्दरी जोशीले विद्यार्थीको ज्वरो नाप्ने ‘गन थर्मोमिटर’ कहीँकतै नपाइने भएकाले परीक्षा केन्द्रमा सामान्य थर्मोमिटरले ज्वरो जाँच्न असम्भव हुने अवस्थामा परीक्षा स्थगन हुनु सकारात्मक भएको बताए ।

सिटामोल बोकेर हेल्थ डेस्कमा बस्नुको अर्थ नभएको अवस्थामा विद्यार्थीको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर परीक्षा स्थगन हुने निर्णय आउनु सकारात्मक भएको उनले बताइन ।

यता राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ । आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा ‘एसइई परीक्षा स्थगन हुँदा यसबाट विद्यार्थी तथा अभिभावकलगायत सम्बद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ’ भनिएको छ ।

यसबारेमा सदस्य सचिव अर्यालले कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थाप्रति सचेत हुँदै अन्तिम समयमा आएर परीक्षा स्थगन गर्नुपरेकामा क्षमाप्रार्थी रहेको बताए । बोर्डले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई एसइई परीक्षाका प्रश्नपत्रलगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न निर्देशन दिएको छ भने सुरक्षा निकायलाई परीक्षाका सबै सामग्री सुरक्षाका लागि आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]