०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

बिभिन्न योजना प्रति असन्तुष्ट प्रेस विज्ञप्ती जारी: उपप्रमख खातुन

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

शहबाज खान
कपिलवस्तु,७ चैत्र।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ ।

नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।

उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस नगरपालिका बाट आवश्यक कागजात र रीत नपुगेका उपप्रमुख को अनुगमन तथा अनुगमन प्रतिवेदन पेश नै नभएका तपशील का योजना हरुमा भएको भुगतानी साथै आवश्यक कागजात र रीत नपुगेका टेण्डर प्रकृया अगाडी बढाईएको बारेमा प्रश्न गर्दा नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र चौधरी बाट प्राप्त जबाफ पदिए जिम्मेवारी अनुसार नभएको ले र मेरा सलाहकार संग केही भनाभन समेत भएको ले उपप्रमख को अधिकार माथि सम्बन्धित व्यक्तिले गरेको उक्त व्यावहार र अपमान प्रति घोर आपत्ति प्रकट गरेको बताएकी छिन।

खातुनको भनाईनुसार मलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा विवाद भएको छ। विकास निर्माणको काम नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको रानी फिल्ड सरसफाई वडा नं ३, माडा धर्मशाला निर्माण वडा नं९,राम गोरखा मा. वि.भवन वडा नं ९, पल्टा माई सामुदायिक भवन वडा नं९, डुमाई घाट पुल निर्माण वडा नं१ योजनाका कामहरुको उपप्रमुख अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए ।

विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]