०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सांसद प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गर्दै

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

रंजित चौरसिया
वीरगंज,९ चैत्र।प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन्।

आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए।

विश्वस्तरमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन श्वसन स्वच्छता र हात स्वच्छता आवश्यक रहेको उनले बताए ।

सांसद यादवले जनस्तरमा अहिले पनि कोरोना संग जोगिने उपायहरुबारे अधिक जानकारी नभएको कारण पनि आफुले मास्क र सेनिटाईजर वितरण गर्दै जागरुकता फैलाउन प्रयास गरेको भने ।

उनले सबैलाई नेपाल सरकार र डब्ल्युएचओले दिएको निर्देशन अनुसार श्वसन स्वच्छता र हात स्वच्छताका तरिका अपनाएर आफुलाई र अरुलाई यो रोगबाट बचाउन आग्रह गरे।

उनले सबैलाई सामाजिक दुरी बनाएर सावधानी अपनाउदै आवश्यक परे मात्र घर बाहिर निस्किन सुझाव दिए ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका यादवले लगभग २ हजार थान मास्क र सेनिटाईजर वितरण गरेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । बरनवालले आगामी दिनमा आवश्यक परे थप सहयोग बाड्न सांसद यादव तयार रहेको बताए ।

यादवको नेतृत्वमा गएको टोलिमा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]