२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

बालबिबाह बारे सर्वे स्वयंसेवकलाई अभिमुखिकरण तालिम

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

जितेन्द्र अक्षत
जनकपुरधाम,१० चैत्र।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला अधिकार जोखिममा परेका कारण महिला बचाउका लागि अनेकन प्रयास थालिएपनि बालबिबाहका कारण महिलाहरु भने आफ्ना अधिकारबाट बन्चित भइ नै रहेका छन।

नेपालको सन्दर्भमा हेर्दा तराइ मधेस यो समस्याको भने मुख्य जरा रहेको छ।कम उमेरमा बिबाह तथा बालबिबाहबाट महिनौपिच्छे नारीहरु सरकारी सेवा सुबिधाबाट बन्चित भइरहेका छन।

कहि चलन त कहि बाध्यताले अभिभावकहरु छोरिलाइ कम उमेरमा बिहाबारी गरि आफ्नो अभिभावक्त्व पूरा गरेको बुझ्छन।तर यथार्थमा हेर्ने हो भने महिला अधिकार हनन भएकै हो।कारण समाज होस वा परिपाटी तर महिला भने यसको चपेटामा परेकै हुन।

यस्तैमा बालबिबाह उन्मुलनको क्षेत्रमा सेफ नेपाल धनुषाले बालबिबाह उन्मुलन अभियानको थालनी गरेका छन।मानवाधिकारको क्षेत्रमा कार्यरत उक्त संस्थाले कार्यक्षेत्र धनुषाको शहिदनगर नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बालबिबाहको यथार्थ अवस्था बुझ्न शनिबार स्वयंसेवकहरुलाइ बेसलाइन सर्वे अभिमुखिकरण तालिम दिदै परिचालन गरेका छन।

कार्यक्षेत्र शहिनगर र गणेशमान चारनाथ भने तथ्यांकको आधारमा उच्च बालबिबाह भएको पाइएको छ।जसकारण दुइटै नगरपालिकाबाट बराबर ६/६ जना स्वयंसेवकहरुलाइ तालिम दिदै परियोजना शुरु गरेको हो।

स्वयंसेवकहरुले नगरभित्र बालबिबाह भएको संख्या,बालबिबाहबाट परेका समस्याहरु बारे बुझ्ने छन।जसमा अधिकतम महिलाहरु अहिले भने नागरिकता ,बिबाहदर्ता,बच्चाको जन्मदर्ता लगायत सरकारी सेवाबाट बन्चित भएको मुद्दाहरु थुप्रै पाइएको छ।

सेफ नेपाल धनुषाको उक्त कदमले आममानस बिच बालबिबाहबाट हुने हानीहरु बाट खासगरि अभिभावक,चेलिछोरी तथा बालबिबाह बारे बुझाउने बिधालय,कलेज,नगर जनप्रतिनिधि,प्रसासन हरुसंग समन्वय गरि कार्यक्रम बिस्तार गर्ने तथा बालबिबाह रोक्नमा सेवा पुर्याउने संस्थाका अध्यक्ष राम प्रमेश मन्डलले बताए।

बालबिबाह रोक्न प्रदेश सरकार लगायत सरकारी,गैरसरकारी संस्थाहरुले साइकल बितरण ,होर्डिंग लगायत सेफ नेपालले बालबिबाह न्यूनीकरण गर्न तथा बालबिबाहबाट हुने फाइदा बेफाइदाबारे रेडियो कार्यक्रम कार्यक्रम समेत संचालनमा ल्याइएको जनाइएको छ।

बालबिबाह गर्दा चेलिछोरिहरु नागरिकताबाट बन्चित हुने,दलित महिलाले गर्भवती भत्ता नपाउने,बच्चाको जन्मदर्ता नबन्ने,आफ्नो बिबाहदर्ता नबन्ने लगायतको सेवा सुबिधाबाट समेत बन्चित हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]