राजन कुमार बानिया
पोखरिया, ११ चैत्र।बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बचन र बचाउन को लागी जनचेतना जगाउन उदेशयका साथ आज युवा विकास नेपाल ले पर्साको पोखरिया नगरपालिका वाड नं ५ सतवरिया गाउँमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ l
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेका जनचेतना जगाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्दै घरघरमा गई दुई हजार माक्स समेत बितरण गरिएको थियो ।
कार्यक्रमामा पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले साबुन पानीले हात धोएर उद्घाटन गरनु भएको थियो। रौनियारले भने कोरोनाबाट आफु बचौ र अरुलाई पनी बचाउनु भने बारेमा उपस्तिथ रहेका स्थानीयलाइ प्रशिक्षण दिएका छन l
साथै लकडाउन मा सुरक्षित घरमा बसिदिन अाग्रह समेत गरेका छन। माक्स बितरण कार्यक्रम युवा बिकास नेपाल पोखरिया का अध्यक्ष राजु रौनियार को अध्यक्षतामा समपन भएको थियोे ।
माक्स बितरण कार्यक्रम मा वाडअधयक्ष उमाकान्त साह कानु, नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा सभापति भगवान कुर्मी शिक्षक महम्द गनी अंसारी,रबि रौनियार,लालबाबु चौहान,दिनेश चौहान,संजय चौहान, नजमुल होदा लगायत को सहभागीता रहेको थियोे ।