न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१३ चैत्र। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले आफ्नो १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने भएका छन् ।
पार्टीका महासचिव केशव झाका अनुसार सबै संघीय सांसदले आफ्नो १५ दिनको तलव कोषमा जम्मा गर्नेछन् ।
राजपाका १७ जना प्रतिनिधी सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् । यी सबैले आफ्नो १५ दिनको तलव जम्मा गर्ने निर्णय भएको झाले बताए ।