न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १३ चैत्र । विश्वभर कोरोना भाइरसको त्रास रहेको अवस्थामा यसबाट जोगिन धनुषाको कमला नगरपालिका वडा नं.३ को विभिन्न स्थानहरुमा साबुन–पानीले हात धुन लगाउने तथा जनचेतना समेत फैलाएको छ।
आज बिहानैदेखि कमला नगरपालिका वडा नं.३ का वडाअध्यक्ष विशेश्वर यादबले कोरोना भाइरसबाट जोगिनको लागि पर्सा,लगमा र मानपट्टिलगाइत विभिन्न टोल टोलमा साबुन पानीले हात धुने व्यवस्था गरेको छ।
वडाअध्यक्ष यादवले सर्वसाधारणलाई बोलाएर हात धुन तथा सरसफाईबारे सचेतना दिईएको स्थानीय युवा राजु यादवले जानकारी दिएका छ्न।