०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

कोरोना संक्रमितको उपचार नगर्ने निजी अस्पताल कायर हुन्ः पुर्वराजा ज्ञानेन्द्र शाह

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं,१३ चैत्र । निजी अस्पतालले कोरोना संक्रमितको विरामिलाई उपचार नगरेर कायरत प्रस्तुत गरेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् ।

पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्‌, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]