०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

मटहिमा अपरिचित व्यक्त्तिलाई प्रबेश निषेध

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

न्यूजमधेश सम्बादाता

जनकपुरधाम,१५ चैत्र।धनुषा सबैला नगरपालिका वडा नं.७ स्थित मटही टोलबासीले कोराना भाइरस संक्रमण रोकथाम गर्न प्रवेश निषेध गरेका छन ।

शुक्रबार बिहानदेखी स्थानीय युवाहरुले टोल प्रबेश बाटोमा नयाँ व्यक्त्तिलाई प्रबेश निषेध लेखेको सूचना झुण्डयाएर बाँसको तगारो तेरस्याएर नयाँ मानिशहरुलाई टोल प्रबेशमा रोक लगाएका हुन ।

कोरोना भाइरसको संक्रमण फैलाउन नयाँ मानिशहरु शंकास्पद हुने भएकोले उनीहरुलाई सोझै टोलमा प्रबेश नदिने युवाहरुको भनाइ छ । युवाहरुले सोझै टोलमा आउने नयाँ व्यक्तिहरु रोक्न नयाँ तरिका अपनाएको संचारकर्मी शम्भु पण्डितले जनकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेश स्वास्थ्य विज्ञानप्रतिष्ठान अन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार अबेर राति अचानक निरीक्षण गरेका छन् । बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि मुख्यमन्त्री सिँहले शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका हुन् । उनले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्षलगायत निरीक्षण गरी ड्युटीमा […]

काठमाडौँ, ८ भदौ । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो । ७५ जिल्लामा पाँच हजार एक सय १९ […]

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]