०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

प्रदेश २ को प्रादेशिक अस्पतालमा फिबर क्लिनिक संचालन हुँदै, आकस्मिकबाहेकका सेवा बन्द

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

न्यूजमधेश सम्बादाता

जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।

कोरोना रोकथामका निम्ति अस्पतालले सम्पूर्ण वार्डहरु मर्ज गर्दै केहि सीमित वार्ड मात्र सञ्चालनमा ल्याएको उनले बताए ।

कोरोना रोकथामका लागि अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको रिजर्भ पुल निर्माण गरिएको छ ।

जनकपुर नर्सिङ क्याम्पस, पोषण पुर्नस्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारी, कार्यालय सहायक एवं स्वीपरहरुको रिजर्भ पुल निर्माण गर्दै ज्वरो क्लिनिक, आकस्मिक आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसियू सञ्चालन गरिनेछ ।

‘हामी फिबर क्लिनिकका निम्ति तयारी गरिसकेका छौं’ डा. यादवले भने, “त्यसका निम्ति थप उपकरणको माग गरेका छौं । आउने विश्वास छ ।”

डा. यादवले फिबर क्लिनिक संचालन गर्दा धेरै भींडभाड नहोस् भन्नकै लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । उनले देशभरिकै अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरी कोरोना रोकथामप्रति ध्यान दिएकाले यो अस्पतालले पनि सोही अनुसार कामलाई अगाडि बढाइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]