न्यूजमधेश सम्बादाता
काठमाण्डु ,१७ चैत्र । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध गरेको नयाँ खोज सफल भएको छ ।
वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध तयार पारेको नयाँ न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय पार्ने दावी गरेका छन् ।
न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय गर्छ । यसले कोरोना भाइरसलाई ९६.५ प्रतिशतदेखि ९९.९ प्रतिशतसम्म डिएक्टिभ पार्ने ग्लोबल टाइम्समा उल्लेख छ ।
चीनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिरहेको छ । त्यस्तै बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको एन्टीबडी परीक्षण अन्तिम चरणमा रहेको छ ।एजेन्सी