०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

मुसहर समुदायलाइ साबुन र मास्क बितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ चैत्र । धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ ।

यहाँका सय परिवार मुसहर समुदायलाई भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाद्वारा मास्क र साबुन बितरण गरिएको हो । प्रति परिवार ५ थान माक्स र दुई थान साबुन बितरण गरिएको हो ।

कोरोनाको संक्रमण फैलिन नदिन सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै उनीहरुलाई मास्क र साबुन बितरण गरिएको भोरका कोषाध्यक्ष पचुलाल माझी मुसहरले जानकारी दिए ।

सामग्री प्रदान गर्दै कोरोना भाइरसबाट बच्न साबुन पानीले मिचिमिचि हात धुनुपर्ने र माक्स लगाई कम्तिमा ३ फिटको दुरीमा बस्नुपर्ने सन्देश समेत प्रवाह गरिएको उनले बताए ।

सामाजिक दुरी कायम गर्दै भोरका केन्द्रीय सदस्य सरोज प्रसाद दुलाल, वडा अध्यक्ष प्रदिप महतो, दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दिपु कुवरको रोहवरमा प्रत्येक घर घरमा पुगी मास्क बितरण गरिएको उक्त संस्थाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]