०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रदेश २ मा आयो पाँच किसिमको कोरोनाबिरुद्वको उपकरण

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१९ चैत्र ।संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरसबिरुद्वका पाँच किसिमको सामग्री पठाएको छ ।

मन्त्रालयले उपलब्ध गराएको सामग्री मंगलबार ट्रक मार्फत् जनकपुरधाम आइपुगेको छ ।

मन्त्रालयले प्रदेश २ लाई १० हजार थान मेडिकेटेड मास्क, ४ सय थान एन–९५ मास्क, २० हजार थान पंजा र १ हजार थान गाउन पठाएको व्यवस्थापन केन्द्रका सह निर्देशक श्रवण नायकले जानकारी दिए ।

आएका सामग्रीलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा राखिएको छ ।

नायकले पाँच किसिमको कोरोनाबिरुद्वको उपकरण केन्द्रमै राखिएको र मन्त्री परिषद्को निर्णय अनुसार प्रदेशका जिल्लाहरुमा पठाइने जानकारी दिए ।

संघीय सरकारले कोरोना जाँच गर्ने मेसिन पनि यहाँ पठाउने आफूले सुनेको बताउँदै नायकले ती मेसिनसहित अन्य उपकरण पछि आउने जानकारी पाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]