०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनकपुरधाम उपमहानगरद्वारा राहत वितरणमा तिव्रता र क्वारेन्टाईन संचालन

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,३० चैत्र।कोरोना भाईरसको महामारीबाट बच्नका लागि देशब्यापी रुपमा जारी लकडाउन १९ औं दिन पुरा गरेको छ ।

लकडाउनका कारण जनकपुरमा दैनिक ज्यालादारी तथा मजदुरी गुजारा गर्ने घरपरिवारलाई सहज र सरल तरिकाले खाद्यान्न सामग्री चरणवद्व तरिकाले बितरण गर्न लागिएको छ ।

लकडाउनको अवधी लामो भएकाले जनकपुरधाम उपमहानगरपालिकाले गरिब तथा बिपन्नलाई चरणवद्वरुपमा राहत बितरण गर्ने लक्ष्य लिएको मेयर लाल किशोर साहले बताए ।

वडा कार्यालयहरुबाट आएको मजदुरको नामावली अनुसार उपमहानगरलाई प्रप्त अनुदान अपुग भए उपमहानगरले आवश्यक बजेट ब्यब्स्था गरी राहत वितरण जारी राख्ने उनले बताए ।

जनकपुर धाम उपमहानगरपालिकाले वडा नं७ भ्रमरपुरा चौक स्थित स्वास्तीका हेल्थ केयर सेन्टरमा क्वारेण्टाईन संचालन गरिएको छ । धनुषाकै १८ वटे स्थानिय तह मध्ये जनकपुरमा सेवासुबिधा सम्पन्न क्वारेन्टाईन संचालनमा आएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]