०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

नगरपालिकाद्वारा राहत नै राहत, पीडित भन्छन  ‘खोइ राहत ?’ 

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

 

मनोज बनैता, सिरहा, ३० चैत । सिरहाको धनगढीमाई नगरपालिका द्वारा राहत प्याकेजको व्यापक प्रचारबाजी भए पनि वास्तविक पीडितहरुको छुटै पीडा सुन्नमा आएको छ । यस नगरपालिकामा बाल गित “कुखुरी काँ – बासी भात खा -खोइ बासी भात? -बिरालोले खायो – खोइ बिरालो? – मुसो मार्न गयो – खोइ मुसो? – दुलोबित्र पस्यो – खोइ दुलो गाईले कुल्चियो – खोइ गाई ? खोलाले बगायो – खोइ खोला? – सुक्यो”  पुष्टि भएको छ ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो १९ दिनदेखि जारी लकडाउनको कारण अप्ठ्यारोमा परेका   अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई धनगडीमाई नगरपालिकाले शनिबार देखि राहत वितरण शुरु गरेको छ।

नगरपालिकाले प्रदेश सरकारको १५ लाख,नगरपालिकाको ४८ लाख र नगरपालिकाले स्थापना गरेको राहत कोषमा बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको आर्थिक सहयोग १ लाख ६८ हजार ९३२ रुपैया, माँ सखडा भगवती कन्ट्रक्सन धनगडीको १ लाख ५ हजार र दलित जन कल्याण युवा क्लव सिरहाको १ लाख आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका १४ वटै वडाका ३ हजार भन्दा बढी विपन्न परिवारलाई शनिबार बाट राहत वितरण शुरु गरिएको हो। धनगडीमाई नगरपालिले नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसारको राहत प्याकेज प्याक गरि नगरप्रमुख (मेयर ) हरि नारायण चौधरीले सबै वडाका अध्यक्षहरु लाई जिम्मा लगाई शनिबार नगरपालिकाको ७ वटा वडामा राहत वितरण गरिएको र आइतबार बाँकी ७ वटा वडामा राहत वितरण गरिने जानकारी दिनुभयो।

नगरपालिकाको १४ वटै वडामा वडा कार्यलयको समन्वयमा प्रति परिवार चामल १५ केजी , दाल १ केजी,नुन १ केजी, खानेतेल १ लिटर , हात धुने साबुन २ वटा, मास्क २ वटा  प्रदान गरिएको नगर प्रमुख चौधरीले बताए। नगरपालिकाले वडा नं १ का २५०, वडा नं २ का १५७ , वडा नं ३ का ५१२ , वडा नं ४ का १९०,वडा नं ५  का १५० , वडा नं ६ का १९५ , वडा नं ७ का ११३ ,वडा नं ८ का १०५ का , वडा नं ९ का २२८ ,वडा नं १० का २८०,वडा नं ११ का ३१५ ,वडा नं १२ का २७७ ,वडा नं १३ का १४५ र वडा नं १४ का १०७ का गरि जम्मा ३ हजार २४ घर परिवार लाई राहत बितरण कार्यक्रम जारि रहेको बताए पनि हिजो गरिएका राहत वितरणमा वडा अध्यक्षको बदमासीका कारण वडा न १ बाखैरटोल लगायत अन्यटोल र वडाका वास्तविक पीडितले राहत पाउन नसकेको व्यापक जनगुनासो आउने क्रम जारीरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]