०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

स्युराज पात्रिकाको सामाजिक उत्तरदायित्व कोराना विरूद्ध आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
कपिलवस्तु,१ वैशाख।स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ ।

स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गरेको स्यूराज मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्बासेले जानकारी दिए ।

स्यूराज मिडिया प्रा.लि.का अध्यक्ष बेल्बासे र स्यूराज खबर साप्ताहिक पत्रिकाका सम्पादक शरद अधिकारीले नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
२०७५ बैशाख १ गते स्थापना भई एक वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाउन नपाएपनि विपद्को घडीमा सामाजिक उत्तरदायित्वको काममा सहयोग गरेको स्यूराज खबर साप्ताहिकका सम्पादक शरद अधिकारीले बताए ।

अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार प्रणालीबाट अति गरिब, निमुखालाई राहत वितरणमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पत्रिकाको वार्षिकोत्सवको उपलक्ष्यमा सानो सहयोग गरेको सम्पादक अधिकारीले भने । सोही कार्यक्रमका बीच पत्रिकाका सम्पादक एवं नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट नगरको विपद्कोषमा ५हजार ५सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

चेक बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा गरेको सानो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । विश्वलाई आतंकित बनाएको कोभिड १९ का कारण प्रभावित अति विपन्न र असहायक परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख अधिकारीले बताए ।

यससँगै शिवराज विपद्कोषमा निजी क्षेत्रबाट ७ लाख ६४ हजार बत्तीस रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । विजयनगर गाउँपालिका लाई समेत रू दश हजार दिने घोषणा गरिएको अध्यक्ष अर्जुन बेल्बासे ले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]