०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

भोरको अध्यक्षमा पचुलाल

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १ बैशाख । भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको नयाँ कार्यसमिति चयनभएको छ । पचुलाल माझी मुसहरको नेतृत्वमा नयाँ समितिको चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मिथिलेश गुप्ता, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा सरोज दुलाल, सचिवमा समता यादव र कोषाध्यक्षमा उमेश कुमार साहलाई चयन गरिएको छ ।

सुरेश बिडारी, नित्यानन्द मण्डल, अर्जुन श्रेष्ठ, मुस्कान खातुन र राजेश रामलाई सदस्यमा चयन गरिएको छ ।

आगामी तीन वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरिएको भोरका संस्थापक राजकुमार महतोले जानकारी दिए । विगत एक दसक देखि सामाजिक, सांस्कृतिक तथा आर्थिक मुद्धामा विभिन्न अभियानहरु संचालन गरिरहेको भोरको केही हप्ता अगाडि सम्मन्न महाधिवेशनबाट नयाँ समितिबनाइएको उनले बताए ।

भोरले प्रत्येक तीन वर्षमा महाधिवेशनको बेला पछाडी पारिएको वर्ग, समाज, देश र प्रकृतिको सेवा गर्न इच्छुक, प्रतिबध र सकारात्मक सोच भएका केही व्यक्तिहरुलाई साधारण सदस्यता प्रदान गर्ने गरेको छ । त्यस अनुरुप गत फागुनमा सम्पन्न भोरको महाधिवेशनले धनुषाका नित्यानन्द मण्डल, सप्तरीकी सलिता सदा, रौतहटका राजेश राम, पर्साकी खुश्बु नेशा र मुस्कान खातुन गरी पांच जनालाई भोरको साधारण सदस्यता प्रदान गरिएको महतोले बताए ।

भोरले विगत एक दसक देखि संचालन गरि रहेको अभियानहरुमा अहिले सम्म प्राप्त उपलब्धि, सिकाई, देश र समाजमा परिवर्तीत अवस्थालाई मध्यनजर गरी परिमार्जन गरिएको छ । जसलाई नयां दसक २०२०–२०३० सम्म परिवर्तीत रुपमा संचालन गरिने उनले बताए ।

साथै नयां दसक २०२०–२०३० को लागि भोरले तीन वटा नयां अभियान घोषण गरेको छ । महाधिवेशनबाट चयन भएको नयां कार्यकारी समितीले परिमार्जित ७ अभियान र ३ नयां अभियानलाई अनुमोदन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]