०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रहरी र स्थानीयबीच झडप भएपछी अवस्था तनाब स्थानीय भागाभाग

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
लाहन ,१ बैशाख । सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ ।

अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ ।त्यसैक्रम मा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी दिएको छ ।

झडपमा केहि सुरक्षाकर्मी घाईते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार लकडाउनको पालना गराउन पुगेका प्रहरीमाथि स्थानीयले जाइलागेपछि झडप भएको हो । प्रहरीले २३ राउण्ड हवाई फाइर पनि गरेका छन्

उनले प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको बताए । उनले प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको पनि जानकारी दिए । अहिले भर्खर घटना भएकाले विस्तृत वितरण आउन नसकेको उनको भनाई छ ।

झडपपछि गाउँमा भागाभाग मच्चिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरे समेत घटनास्थल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]