राजकिशोर रजक
आजविश्व रत्नबाबासाहेव डाँ अम्बेडकरको १२९औँ जन्मदिनहो । स्वतन्त्रता, समता र भाईचारामाआधारित आधुनिक समाजको सपना देख्ने अम्बेडकरको जन्म १४ अप्रील १८९१मा महार जातिमाभएको थियो ।अम्बेडकर चिन्तक, सामाजिकक्रान्तिको साथ–साथ राजनेतापनिथिए । समाज सुधारक, विचारक, दार्शनिकसँगै महान अर्थशास्त्रीपनिथिए । राजनीतिक रुपमाउदारवादी सामाजिकलोकतन्त्रवादीथिए ।
आर्थिक दृष्टिकोणवाट राज्य समाजवादीथिए । मुख्यउद्योग कृषिलगायतलाई राष्ट्रियकरण, शिक्षा–स्वास्थ्यलाई राज्यले ग्यारेन्टी गर्नु पर्छ र सामाजिक सुरक्षाको लागिबिमालाई राष्ट्रियकरण गर्नुपर्छ भने विचारको प्रवर्तक थिए । दार्शनिक रुपमा स्वतन्त्रता, समता र भाईचाराको प्रवर्तक थिए ।अम्बेडकर केवल राजनीतिकलोकतन्त्रवाट सन्तुष्ट थिएन,वहाँ राजनीतिकलोकतन्त्रको स्थायित्वको लागिसामाजिकतथाआर्थिक लोकतन्त्रमा जोड दिन्थे ।
१ जनवरी १८१८ पछि अंग्रेजको औपनिवेशिक सत्ताभारतमाबलियो भएर आयो । अंग्रेजसँगैनयाँयुगको प्रारंभ भयो । नयाँयुगसँगै भारतको मुलनिवासीबहुजन समाजमा स्वतन्त्रता र मानवअधिकारको चेतनाको विकास भयो । देशै भरी विद्रोहको शुरुवातभयो । अंग्रेज भारतमा सत्ता–प्रणालीको साथ–साथशिक्षा प्रणाली, वैज्ञानिक शोध र धर्म पनि साथै लिएर आएकाथिए । जसको परिणाम स्वरुपभारतमा सामाजिक, शैक्षिक, राजनीतिक र आर्थिक परिवर्तन भए ।
सन् १९१६ मा अम्बेडकर सामाजिकजीवनमाप्रवेश गरे पछि भारतीय उपमहाद्धिपमा चलिरहेको अधिकारको आन्दोलनलाई गहिरो अध्ययनगरे । अध्ययनलाई सामाजिककार्यवाहीसँग जोडे र साथैआफ्नो गुङ्गा समाजको आवाज बनेर सामाजिकन्यायको आन्दोलनको नेतृत्व गरे । मूकनायक, बहिष्कृत भारत, जनता वृत्तपत्र, बहिष्कृत हितकारीणी सभा, समता सैनिक दल आदि संगठनको निर्माण गरे । महाड चवदार तालबको आन्दोलन, राउंड टेबल कान्फरेन्स, कालाराममन्दिर प्रवेश जस्तो निर्णायकआन्दोलनवाट समाजनिर्माणको महानयात्रा तय गरे ।
सन् १९३६ पछि डाँ अम्बेडकरको आन्दोलन दोस्रो चरणमा पिछडा, शोषित, अछुत, श्रमिकतथाबन्चितलाई भारतिय समाजको मूख्यधारामाल्याएर राष्ट्र निर्माण प्रक्रियालाई गतिदिए ।
यो चरणमा अम्बेडकरले बहुआयामिकनीतिगतकार्यलाई सफलतापूर्वक सम्पन्न गरे । स्वतन्त्रमजदुर पक्ष, शेडयूल्ड कास्ट फेडरेशन जस्तो संगठनको निर्माण गरे । श्रम मन्त्रालय, कानुनमन्त्रालयको ऐतिहासिकजिम्मेवारी पुरा गरे । हिन्दु कोड बिलवाट हिन्दु समाजलाई अग्रगामि रुपान्तरण गर्न चाहन्थे तर नेहरुको असहयोग र सवर्णको बिरोधको कारण हिन्दु कोडबिल पास हुन सकेन । परिणाम स्वरुपअम्बेडकर कानुन मन्त्रिवाट राजिनामादिए । साथै भारतिय संबिधानसभाको मस्यौदा समितिको अध्यक्षको रुपमा संसारको सबभन्दालोकतान्त्रि संविधाननिर्माणको ऐतिहासि कार्यभार पनिपुरा गरे ।
अम्बेडकरले ब्राद्मणवादी हिन्दु संस्कृतिलाई दिएको चुनौतिवाट भयभितभएर गान्धिले अम्बेडकरलाई हिन्दूको सबभन्दा ठूलो चुनौतिको रुपमाब्याख्या गरे ।गान्धिबाबासाहेबको सर्वोत्कृष्ट कृति‘जातिको विनाश’ पढेर टिप्पनी गर्दै भने ‘कुनै पनि समाज सुधारक यो किताबलाई नजरअन्दाज गर्न मिल्दैन । भविष्यमाडाँ अम्बेडकरलाई समाजले बिर्सिन सकिदैन’ ।
गान्धिको उक्त कुरा आज सत्य साबित भएको छ । आजबाबासाहेब डाँ अम्बेडकर हजारौ बर्षदेखि शोसित–शासितदलितबहुजनको मसिहाबनिसकेको छ । समाजको समस्यालाई गहिरोसँग अध्ययन गर्ने जो–सुक्कै व्यक्ति यो कुरावाट इन्कार गर्न सक्दैन कि भविष्यको सुन्दर समाज रचनाको बाटो अम्बेडकरले निर्माण गरेको गोरेटो भएर अगाडी बढ्छ ।अम्बेडकरको विकल्प छैन् । यस्तो कुनचिजहो जसले अम्बेडकरलाई महानायकबनाए ।त्यो चिजजसले समाजलाई पतनशिल समाजमा परिवर्तन गर्यो र देशको मुलनिवासीबहुजनलाई जिन्दा कौमको स्थानमामुर्दा कौममातब्दीलगर्यो, त्योचिज ‘जातब्यवस्था’हो । समाजमाजातिको सर्वव्यापीविनाशकभूमिकाको सन्दर्भमा डाँ अम्बेडकर भन्छ,‘यो कुरामाकुनै शंका छैन कि जातिआधारभूत रुपमासवर्ण हिन्दुको प्राण हो । हिन्दुले समाजजीवनको वतावरणलाई गंदागरिदिएको छ जसको परिणाम पुरै समाजभोग्न बाध्य छन् ।
हिन्दुत्वभनेकोमुलतः सवर्ण–ब्राद्मणवाद हो । जातियक्रमिकअसामानतानै यसको मूल संरचनाहो । हिन्दु जसलाई हामी धर्म भन्छौ, त्यो अरु केहि होईन, आदर्श र प्रतिबन्धको भिड हो । हिन्दु–धर्म वेद, स्मृति, पुराण, यज्ञ–कर्म, समाजिक शिष्टाचार, राजनीतिकव्यवहार र शुद्धता जस्ता अनेकौ बिषयको खिचडी मात्रहो । हिन्दू शास्त्र पढे पछि सजिलै थाहापाउन सकिन्छ कि यो धर्म आदेश र निषेधको संहिताहुन । यो कुरा वेद तथा स्मृतिमा धर्म शब्दको प्रयोग तथाब्याख्याकारद्धारा गरिएको ब्याख्यावाट प्रष्ट हुन्छ ।
अम्बेडकर भन्छ, ‘म हिन्दु र हिन्दु धर्मलाई घृणा तथातिरस्कार गर्नुको कारण म आश्वस्त छुँ कि यसले गलतआदर्शको संरक्षण गर्छ र गलत समाजिकजीवनजिउन सिखाउछ । हिन्दु र हिन्दु धर्मसँगको मतभेद उसको आचरणमाकमिको कारण मात्रनभई मुलअन्तरबिरोध वा झगडा सिद्धान्त र आदर्शमा छ ।’
आजभन्दा ९० सालपहिला, २० मार्च, १९२७ मा डाँ अम्बेडकरले महाडको चावदार तालाबवाट दुई अञ्जुलिपानीपिएर ब्राद्मणवादको हजारौ बर्षको कानुनलाई तोड्यो र ब्राद्मणवादलाई खुलमखुलाचुनौतिदियो । उक्तमहान घटनाको करिब ३ बर्ष पछि ६ अप्रील, १९३० मा गान्धिले नुन (नमक)हाथमालिएर अंग्रेजको कानुनलाई तोडे र ब्रिटिस सत्तालाई चुनौतिदिए । यीदुबै इतिहासको असधारण घटना हुन् । दुबै घटनाको गहिरो प्रभाववर्तमान राष्ट्र र समाजजीवनमा सहजै देख्न सकिन्छ । यीदुबै सत्याग्रहमाथिविचार गरौ ।
गान्धिको नुन सत्याग्रह र अम्बेडकरको पानि सत्याग्रहलाई तथ्यगत रुपमाब्याख्या गरौ । आधुनिकभारतको सम्पूर्ण विचारधारा चाहे वाम–दक्षिण, सेकुलर–कम्युनल सबैले गान्धिको नुन सत्याग्रहलाईविश्वइतिहासको घटना बनाएतर पानीअधिकारकोलागि गरिएको अम्बेडकरको सत्याग्रहलाई कुनै महत्वदिएन । महाड सत्याग्रहमहाराष्ट्र राज्यको रायगढ जिल्लाको महाड स्थानमाभएको थियो जसमाहजारौको सँख्यामा अस्पृश्य मुलनिवासीअम्बेडकरको नेतृत्वमा सार्वजनिकतलाबचावदारमा पानीपिए । अम्बेडकरले अञ्जुलिमापानीपिए र वहाँलाई अनुकरण गर्दै हजारौ अस्पृश्यहरु पनिपानीपिएर हजारौ बर्षको मान्यतालाई तोडे ।
तर, चावदार तलाबमापानिपिएको बदला सवर्ण हिन्दुले हिन्सावाट लिए । अश्पृश्यको बस्तिमागएर ताण्डब मचाए । अस्पृश्यलाई लाठिले पिटे । बच्चा, बृद्ध र महिलालाई पिटेर रगत्याम्मपारे । घरमा तोडफोड गरे । सवर्णले तलाबमापानिपिएर तलाबलाई अशुद्ध बनाएको आरोप लगाए । पुजा–पाठ र पञ्चगव्य (गाईको दुध, घिऊ,दही,पिसाव र गोबर) को प्रयोगवाट तलाबलाई फेरी शुद्ध गरे ।
महाड सत्याग्रहपानिपिउने अधिकारको साथ–साथमानव (इन्सान) हुने अधिकारको आन्दोलन थियो । डाँ अम्बेडकरले सत्याग्रहमा सहभागिलाई सम्बोधितगर्दै भनेका थिए, ‘के हामीयहाँ केवलपानिपिउनको लागिमात्रआएकाछौँ ?छैनौँ ! हामीयहाँइन्सानहुने हाम्रो हक प्रमाणित गर्नको लागिआएका छौ ।’
महाड सत्याग्रहको तीनबर्ष पछि १२ मार्च १९३० मा गान्धिले साबरमतीमाआफ्नो आश्रमवाट समुद्रसम्मको यात्रा शुरु गर्छ । तीनहप्ता पछि आफ्नो गणतब्य स्थान दांडी पुग्छ । त्यहाँगान्धिले ६ अप्रीलको मुठ्ठीभरी नमकबनाएर ब्रिटिस कानुनलाई तोड्छ । हामी सबैलाई थाहा छ ब्रिटिश सत्तालेनुनको उत्पादन र बिक्रीमाथि राज्यको एकाधिकार घोषित गरेका थिए । गान्धिले कानुनतोडेर ब्रिटिशलाई चुनौतिदिए ।
महाड सत्याग्रह र नुनको सत्याग्रहप्रतिकात्मक सत्याग्रहथियो । पहिलोमा हजारौ बर्षको ब्राद्मणवादी सत्तालाई चुनौतिदिएको थियो जहाँ अस्पृश्यलाई त्यतिपनिअधिकार थिएनजतिजानवरलाई प्राप्तथियो । हामी सबैलाई थाहा छ कुनै पनितलाबमाकुनै पनिजानबर पानीपिउन सक्थ्यो तर अस्पृश्यलाई त्यो हकप्राप्तथिएन । नुन सत्याग्रहको जितभयो तर पानि सत्याग्रहको हार भयो । गान्धिको जितभयो । गान्धि देशको मात्रहोईन विश्वको नेताभए । वर्तमान सवर्ण दक्षिणपन्थि फासिवादी सरकार गान्धिको जातिय स्वराजलाई मुर्तरुप दिन सफलभए ।तिलक र गान्धिको स्वराजमा रुपमा फरक भएपनि सारमा एउटै थियो । सनातनहिन्दु द्धिज पुरुषवादी स्वराजब्यवस्था ।
अम्बेडकर संविधाननिर्माणको माध्यमवाट आफ्नो लोकतान्त्रिकविचारधारालाई सफलतापूर्वक संविधानमा सुचिकृत गर्न सफलभए । सवर्ण इतिहासकारले महाड सत्याग्रहलाई हसीयामा राखि छाड्यो । महाड सत्याग्रहको जितत्यतिवेला हुन्छ जतिवेला ब्राद्मणवादी जाति–ब्यवस्था र जातियपितृसत्ताको नाश हुन्छ । जाति र जातियपितृसत्ता ब्राद्मणवादको प्राण हुन । जाति र जातिवादीपितृसत्ताको विनाशअम्बेडकरी विचारधारावाट संभव छ । मधेश पनिजाति–ब्यवस्था र जातियपितृसत्तावादी समाजभएको हुनाले मधेश मूक्तिको बाटो अम्बेडकरी विचारधारावाट मात्र संभव छ । यो अर्थमा मधेशलाई गान्धिभन्दाअम्बेडकरको बढी आवश्यकता छ ।
(रजकअम्बेडकरी तथाबहुजनअध्ययताहुन)