०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

मधेशमा आज जुडशितल मनाईदै

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

मनोज बनैता, सिरहा, २ बैशाख । मधेशमा आज जुडशितल पर्व मनाईदै छ । बैशाख २ गते मनाईने यस पर्वमा अभिभावक लगायत परिवारका पाको सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल दिई आशीर्वाद दिने गर्छन ।

जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजन को तरकारी, तरुवा, भुजुवा, आँप टिकुलाको चटनी वा तरुवा, झोरी, बरी, पापड लगायत विभिन्न व्यन्जनको खानेकुरा पाक्नेगर्छ । यस पर्वको दिन परिवारका साना सदस्यको शिरमा जल राख्नेलाई “जुराउने” भन्ने गरिन्छ । आजका दिन शिरमा जल राखी आशीर्वाद दिंदा वर्षभरी शितलता, शान्ति र समृद्धि आउने जनबिश्वास रहेको पाईन्छ ।

यतिबेला कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । त्यसैले जुडशितलमा अग्रजले आफूभन्दा सानालाई कोरोना भाइरसबाट जोगाउने कामना गर्नेगरेका छन ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने चौपाया (गाईवस्तु) नुहाउने समेत परम्परा रहेको छ । अत्याधिक गर्मी र सूर्यको तापबाट आकुल व्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान होस भन्ने नै पर्वको मूल उद्देश्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]