०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

मुस्लिम आयोगले सरकारलाई क्वारेन्टीनको लागि मद्रसा उपलब्ध गराउने

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

 

 

मनोज बनैता, सिरहा, २ बैशाख । विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालमा उच्च सतर्कता अपनाइएको छ। नेपालमा यह महामारीले धेरै क्षति नपुर्‍याओस भन्दै लकडाउन १५ बैशाख सम्म लम्बाईएको छ । सरकारले देशको ठाउँठाउँमा क्वारेन्टिनको ब्यवस्था गर्ने कुरा गरिरहदा मुस्लिम आयोगले सरकारको यस काममा साथ एवं सहयोग गर्ने भएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गर्दै सरकारलाई क्वारेन्टिनको लागि मद्रसा ब्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

प्रेस बिज्ञप्ती मा उल्लेख भए अनुसार त्यस्ता धेरै मद्र्साहरु छन जसमा होस्टेलको ब्यवस्था रहेको छ । मद्रसाहरुमा प्रयाप्त कोठाहरुको साथ साथै चर्पी, पानी र सानो चौर पनि रहेकोले उक्त स्थानलाई क्वारेन्टिन को लागि उपयोग गर्न मिल्ने बताईएको छ । साथै मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अनसारी ले मद्रसा ब्यवस्थापन समितिहरुलाई यस्तो महामारीको समयमा साथ दिन अपिल गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]