०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनमत विदेश विभागको अनलाइन बैठक सम्पन्न

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ बैशाख । जनमत पार्टीको विदेश विभाग समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । बैठकले सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण प्रवासी नागरिकसंग सम्पर्क बनाई राख्न अपील गरेको छ ।

बैठकले यस संक्रमण कालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेका सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।

लकडाउन मा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनेट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ । यसका लागी ५ मिनेट घोषणा पत्रबाट र ५ मिनेट स्थानीय विषय मिलाएर १० मिनट सम्मको भिडिओ स्पीच तयार गरी पठाउन भनिएको छ ।

कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको जनाउँदै बैठकले यसको ब्यवस्थापनका लागि संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरि सकेको जनमत पार्टीका विदेश विभाग प्रमुख बसन्त कुसवाहाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]